किन्शासा, (रासस÷सिन्ह्वा) ःप्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।
कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन् ।
उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए ।
पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु