चितवन । नारायणगढ मुग्लिनसडक खण्ड अन्र्तगत सुख्खा पहिरो जांँदा उक्त सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान पौने ९ बजे ईच्छाकामना गाउंँपालिका वडा नम्बर ६ स्थित तोपेखोलामा सुख्खा पहिरो जांँदा दुबैतर्फी आवागमन बन्द भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि ईलाका प्रहरी कार्यालय मुग्लिन र जिल्ला ट्राफिक कार्यालय सहितको टोलीद्धारा बाटो खुलाउने प्रयास भईरहेको छ । यसअघि बिहीबार पनि यस सडकखण्डमा पहिरो जांँदा सवारीको लाईन नारायणगढ आईपुगेको थियो । तोपेखोलामा पहिरो खस्ने बित्तिकै हजारौं यात्रु गन्तव्यमा जान रोकिएका छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु