काठमाडौं । पाकिस्तानले अहिले गम्भीर आर्थिक संकट भोगिरहेको छ । पूर्वप्रधानमन्त्री इमरान खानको बर्हिगमनसँगै निम्तिएको राजनीतिक अस्थिरताले छिट्टै आर्थिक समाधानका उपाय नअपनाए श्रीलंका हुन बेर नलाग्ने आर्थिक संवाददाताहरुलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आफ्नो विगतका गल्तीहरू र आन्तरिक रूपमा वर्तमान घटनाहरूलाई अस्वीकार गर्दै आर्थिक संकट समाधान गर्न पाकिस्तानले श्रीलंकाकै नक्कल गरिरहेको द प्रिन्टले टिप्पणी गरेको छ ।
तर टापु राष्ट्र श्रीलंकाले केही महिनादेखि गम्भीर सामाजिक–आर्थिक र राजनीतिक उथलपुथलको सामना गरिरहेको थियो ।
श्रीलंकामा मतदाता रिझाउन गरिने वाचा, अन्धराष्ट्रवाद र गलत आर्थिक नीतिको परिणाम आर्थिक संकट निम्तिएको हो ।
जसलाई साढे तीनवर्ष पहिले भएको आतंकवादी हमला, कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धले थप जर्जर बनाएको आर्थिक क्षेत्रका विज्ञहरुको निष्कर्ष छ । श्रीलंकाको आर्थिक संकट तब छताछुल्ल भएको थियो, जब कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेको थियो ।