चितवन । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई देशकै मोडलको रुपमा विकास गर्ने ध्याउन्नमा लागेको बताउनु भएको छ ।
आज भरतपुरमा भरतपुर महानगरपालिका आयोजना गरेको समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा बिषयक अन्र्तक्रियामा उहांँले आफू चितवनकै लागि मात्रै नआएको भन्दै नेपालनै बनाउने ध्येय बोकेर आएको बताउनु भयो । पछिल्लो पांँच बर्षमा भरतपुरले विकासमा ठूलो फड्को मारेको भन्दै चितवनमा विकासका प्रशस्त सम्भावना रहेको बताउनु भयो । ‘म चितवन बनाउने सपना बोकेर आएको होइन । सिंगै नेपालको आर्थिक सामाजिक विकास र रुपान्तरणको लागि आएको हुंँ। नेपाललाई बाटो देखाउन आएको हुंँ ।’ उहांँले भन्नुभयो ।
चितवन कृषि शिक्षा, स्वास्थ्य, पर्यटन उद्योग लगायत अन्य प्रशस्त सम्भावना भएको भन्दै उहांँले निकुञ्ज, पहाड, नदी, समथर भुभाग समेत भएकोले देशकै नमुना जिल्ला बनाउन सकिने बताउनु भयो । अब भरतपुरमा भौतिक पूर्वाधारको त्यति आवश्यक नभएको भन्दै उहांँले अब भरतपुरमा उत्पादन र रोजगारी तथा सामाजिक सुरक्षा र सामाजिक न्यायलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । ‘अब भरतपुरमा बाटा नै बनाई राख्ने र पिच मात्रै गरिराख्ने भन्ने हुंँदैन, उहांँले भन्नुभयो, उत्पादन बृद्धि र रोजगारी श्रृष्टी पहिलो प्राथमिकतामा राख्नु पर्छ ।’ चितवन देशकै केन्द्र र हब भएका कारण यहांँ सबै क्षेत्रको सम्भावना भएकोले यो देशकै वितरण केन्द्र बन्न सक्ने उहांँको भनाई थियो । सो अवसरमा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले समृद्ध भरतपुर महानगर निर्माणको आगामी कार्यदिशा २०७९ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सिंचाई तथा उर्जामन्त्री पम्फा भुषाल, बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे, नेपालका सरकारका अर्थ सचिव मधुकर मरासिनी लगायत विभिन्न मन्त्रालयका विभागीय प्रमुखहरुले चितवनको सम्भावना, आगामी विकास तथा कार्ययोजना लगायतका बिषयमा प्रकाश पार्नु भएको थियो ।
चितवन आएर प्रचण्डले भन्नुभयो : मेरो चितवन बनाउने सपना मात्र नभई सिंगै नेपाल बनाउने सपना बोकेर आएको हुंँ
चितवन आएर प्रचण्डले भन्नुभयो : मेरो चितवन बनाउने सपना मात्र नभई सिंगै नेपाल बनाउने सपना बोकेर आएको हुंँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु