काठमाडौं । नेपाल आयल निगम NOC ले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य फेरि बढाएको छ।
निगमले सोमवार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन (आन्तरिक) मा ५ रूपैयाँ बढाएको हो।
निगमले जारी गरेको विज्ञप्तिमा नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ भने हवाइ इन्धन (आन्तरिक) को मूल्य १९० रूपैयाँ लिटर पर्नेछ। उता एलपी ग्यासको भने मूल्य यथावत अर्थात् १ हजार ८०० नै रहेको उल्लेख छ।
साथै उसले इन्डियन आयल कर्पोरेसन IOC ले पठाएको नयाँ मूल्यका आधारमा मूल्य बढाउनु परेको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु