चितवन । चितवन प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–६ पुरबारी क्षेत्रबाट प्रहरीले बुधबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमो खैरहनी नगरपालिका–१० का २१ वर्षीय निश्चल पौडेल र सोही ठाउँका २३ वर्षीय शिव राई रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले प्रहरीले दुवै जनालाई लागुऔषध बिक्री गर्दै गरेको अवस्थामा फेला पारी चेकजाँच गर्दा निश्चल राईले साथमा बोकेको रातो सपिङ ब्यागमा प्रतिबन्धित लागुऔषध डाइजेपाम २४ एम्पुल, फेनार्गन २४ एम्पुल र ब्युप्रिन्युफिन २४ एम्पुल फेला पारेको थियो । लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
लागुऔषध बिक्री गर्दै गर्दा समातिए खैरहनीका निश्चल पौडेल र शिव राई
लागुऔषध बिक्री गर्दै गर्दा समातिए खैरहनीका निश्चल पौडेल र शिव राई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु