चितवन । आज दिउसो चितवनमा ट्रयाक्टर र अटो ठोक्किदा अटोमा सवार एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाईते भएका छन । मृत्यु हुनेमा अटोमा सवार राप्ती नगरपालिका वडा नम्बर ५ की शोभनी कुमारी थरुनी रहेकी छिन भने सोही ठाउंँका बजही थारु र चालक जियान महत्तो गम्भिर घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउसो १ बजे रत्ननगरनगरपालिका वडा नम्बर ७ सिसुवार स्थित भित्रि सडकखण्डमा चित्रसारी बाट सौराहा तर्फ आउंँदै गरेको ना ४ त २७७४ नम्बरको ट्रयाक्टरले चित्रसारी तर्फ जांँदै गरेको ना २ ह २२८५ नम्बरको अटोसंँग ठक्कर खाएको थियो । ठक्करबाट गम्भिर घाईते भएका तीनै जनालाई भरतपुर अस्पताल पठाईएकोमा शोभनीको १ बजेर ३८ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते बजहीको टाउको, छाती हात खुट्टामा भित्री चोट लागेको छ र चालक जियानको टाउको र मुखबाट रगत आएको छ । उनीहरु दुबैको थप उपचारका लागि पुरानो मेडिकल कलेज , भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा छन ।