चितवन । नारायणगढको मुटु तथा व्यस्त बजार मानिएको भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित मिलनरोड टोल विकास संस्थाले नमुना काम गर्न सफल भएको छ । चितवनमा सम्भवत पहिलो पटक संस्थाको पहल र सक्रियतामा शहिदचोकबाट बालकुमारी सम्म स्मार्ट एलइडी लाईट जडान गरेर उदाहरणीय काम गरेको हो । बुधबार सांँझ संस्थाले वडा नम्बर १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने क्रममा उक्त स्मार्ट लाईटको शुभारम्भ गरेको थियो । सो लाईटको शुभारम्भ वडाअध्यक्ष केशवबाबु महर्जन ले स्वीच अन गरेर गर्नुभएको थियो । लाईट शुभारम्भ कार्यक्रममा संंंस्थाका अध्यक्ष चित्रबहादुर खाती सहभागी हुनुहुन्थ्यो ।
संस्थाले वडाका जनप्रतिनिधिहरु र कर्मचारीलाई पनि सम्मानित गरेको हो । कार्यक्रममा सहभागी जनप्रतिनिधि वडा अध्यक्ष महर्जन , सदस्यमा राममाया पिया, मनोज घिमिरे, राजु गुरुङ्ग र रमा परियारलाई संस्थाका अध्यक्ष खातीले सम्मानपत्र, खादा सहित सम्मान गर्नुभएको थियो । यस्तै वडा सचिव मधुराम दवाडी र ईञ्जिनियर सन्तोष पाण्डे पनि सम्मानित हुनुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष महर्जनले आफू निर्वाचित भएर आएसंँगै विकास निर्माणका काममा अघिबढिसकेको बताउनु भयो । मिलनरोड नारायणगढकै व्यस्त र व्यवस्थित टोल भएको प्रशंसा गर्दै महर्जनले यहांँ सुरक्षा र सवारी व्यवस्थापनमा चुनौति थपिएको बताउनु भयो । टोलमा जडान गरिएको लाईटले अन्य टोल तथा वडाको लागि पनि उर्जा र प्रेरणाको श्रोत बन्ने महर्जनले बताउनु भयो । संंस्थाले यसअघिपनि विभिन्न रचनात्मक कार्य गरेको भन्दै अब टोलविकास संस्थाहरु विकासको साथै सामाजिक कार्यमा उत्तिकै सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष एवं टोल विकास संस्थाका अध्यक्ष खातीले यसअघिका जनप्रतिनिधिले पनि टोललाई सहयोग गर्दै आएको भन्दै टोलको फोहोर व्यवस्थापन र फुटपाथ पसल व्यवस्थापन गर्न सफल भएको बताउनु भयो । आगामी दिनमा यस टोलको विकासको लागि आफूले कार्ययोजना पेश गरेको बताउंँदै खातीले यस कार्यमा वडाबाट भरपुर सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
कार्यक्रममा सुनीला न्याच्छ्योले स्वागत मन्तव्य राख्नुका साथै सुनचांँदी साकोस, चितवनका अध्यक्ष बाबुराम रामदाम, संस्थाका पूर्व अध्यक्ष शंकर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नारायणगढका विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवंंं प्रतिनिधि ,संस्थाका पूर्व अध्यक्ष, मनकामना साकोसका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, ईश्वरलाल रामुदामु ,युवाउद्यमी रुवीन रामुदामु, निलेमान शाक्य, विकास वर्मा, उत्सव खाती लगायत मिलनरोड संस्थाका पदाधिकारी तथा सदस्यहरु ,विभिन्न संघसंंस्थाका प्रतिनिधिहरु, व्यवसायीहरुको उत्साहजनक सहभागिता थियो । सो अवसरमा संस्थाले विभिन्न संस्था तथा व्यत्तित्वहरुलाई सम्मानसहित मायाको चिनो प्रदान गरेको थियो ।
संस्थाका सचिव दिनेश पियाले सञ्चालन गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष चित्र बहादुर खातीको अध्यक्षतामा सम्पन्न भएको हो ।