चितवन । चितवनमा गाईगोरुको मासुसहित अटोचालक सहित तीनजना पक्राउ परेका छन । पक्राउ पर्नेमा अटो चालक धादिङ रुवी भ्याली गाउंँपालिका. वडा नं. ५का शंकर तामाङ, उक्त अटोमा सवार भरतपुर महानगरपालिका वडा नम्बर. १०का प्रतिक ठकुरी र पोखरा महानगरपालिका. वडा नम्बर ११का होम घिमिरे रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपरान्ह सांँढे ३ बजे प्रहरी चौकी जुगेडी चितवनबाट खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङ तर्फबाट नारायणगढ तर्फ जाँदै गरेको ना २ ह ३९६९ नं. को अटोलाई रोकी चेकजाँच गर्दा उक्त अटोमा प्लास्टिकको बोरामा लुकाई छिपाई ल्याएको गोरु÷गाईको मासु , खुट्टा सहित फेला परेको हो । प्रहरीले उनीहरु सहित मासु, अटो नियन्त्रणमा लिई पशुपंक्षी सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु