चितवन । चितवनमा कारले मोटरसाइकललाई ठक्कर दिंँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुंँ जिल्ला देउराली वडा नम्बर ७ घर भएका कालीबहादुर गण भरतपुरमा कार्यरत सुरज गुरुङ्ग रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राती ९ बजेर १० मिनेट जांँदा कृषि तथा वन विश्वविद्यालय ,रामपुरको अगाडीको बाटोबाट चनौली तर्फ आउंँदै गरेको ग २ च ९०६२नम्बरको कारले चनौलीबाट चौबिसकोठी तर्फ जांँदै गरेको ना ३३ प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंँदा दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भिर घाईते भएका गुरुङ्गको उपचारको क्रममा चितवन मेडिकल कलेजमा आज बिहान १ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक राज कुमार गरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु