चितवन । चितवनमा माईक्रोबस (विइगनर) र बस आपसमा ठक्कर खांँदा भएको दुर्घटनामा परेर एकको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन । मृत्यु हुनेमा नामथर वतन नखुलेको अन्दाजी ३६ को पुरुष रहेका छन । उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा पौने सात बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै अन्य घाइतेहरुमा .विङगरमा सवार गुल्मी तम्घास नगरपालिका वडा नम्बर .१ का आशिष पन्थी, .रुपन्देही देबदह ६ की लक्ष्मी श्रेष्ठ सुनसरी हरिनगर गाउंँपालिका वडा नम्बर ५ का प्रकाश कुमार मेहेता रहेका छन । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको चितवन प्रहरीले जनाएको छ । यस्तै अन्य घाईतेहरुमा बुटवल नगरपालिका वडा नम्बर २ का विङगर चालक कमल दर्जी रहेका छन । उनको अवस्था गम्भिर रहेको छ । गाडी धनी .नवलपरासी सुनौल न.पा.७ का कृष्ण बहादुर राक्स्य, भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडकीे शुसिला पौड्याल,सोही स्थानकी दिप शिखा पौड्याल,शुशीलाकी छोरा दिप्सन पौड्याल, गैडाकोट नगरपालिका वडा नम्बर २ की पार्वती ढकाल, गुल्मी मदाने गाउंँपालिका ६ कृष्ण बहादुर घर्ती क्षेत्री, नवलपरासी अरुणखोला मध्यबिन्दु नगरपालिका वडा नम्बर ११ का बाबुराम परियार,रुपन्देही देबदह गाउंँपालिका वडा नम्बर २ को शिब सारु,बसका सहचालक डोटी जुराइल गाउंँपालिका १ का हिरज डांँगी , बझाङ्ग, बुङ्गगल गाउंँपालिका ११ की खड्क पातली रहेकी छन । उनीहरुको अवस्था मध्यम रहेको छ । गैडाकोट नगरपालिका नुतन ढकाल, सामान्य रहेको प्रहरीले जनाएको छ उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
आज सांँझ ५ बजेर २० मिनेट जांँदा ईच्छाकामना गाउंँपालिका वडा नम्बर ३ स्थित चुम्लिङ्गटार भन्ने स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्गको चुम्लिङटार भन्ने स्थानमा काठमाण्डौबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाण्डौ तर्फ गई रहेको लु२ख ३५०२ नम्बरको विङगनर गाडी आपसमा ठक्कर खांँदा दुर्घटना भएको हो । बस चालक ईलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेका छन ।
ईच्छाकामना चुम्लिङ्गटार दुर्घटना अपडेट :एकको मृत्यु ११ जना घाईतेको स्थानीय अस्पतालमा उपचार हुंँदै
ईच्छाकामना चुम्लिङ्गटार दुर्घटना अपडेट :एकको मृत्यु ११ जना घाईतेको स्थानीय अस्पतालमा उपचार हुंँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु