चितवन । अधिवक्ता एवं नेपाल बार एशोसियसन, चितवनका सचिव विनोद मिश्रले नेपाली सामाजिक
लघुकथा चलचित्र थर्ड आई निर्माण गर्नुभएको छ । मानिसको जीवन पर्यन्त आंँखा दान गर्नुपर्छ भन्ने सन्देश बोकेको यो चलचित्रको बिशेष शो भोलि (मंगलबार) जलमा सिनेमा हलमा प्रर्दशन गर्न लागिएको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्रको टीमले यसबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै निर्माता मिश्रले आफ्नो कानुन पेशासंँगै सामाजिक अभियानको दौरानमा यो लघु चलचित्र निर्माण गरिएको बताउनु भयो । ‘म लायन्समा लामोसमयबाट आबद्ध हुंँदै आएको छु यसकै प्रेरणाले योचलचित्र निर्माण गर्ने निर्णयमा पुगेको हुंँ ।’ उहांँले भन्नुभयो ।
आँखा दान सम्बन्धी जन चेतना जगाउने उद्देश्यसहित चलचित्रको माध्यमबाट अभियान शुरु गरिएको उहांँको भनाई छ । ‘मृत्युपश्चात सडेगलेर, खरानी भएर जाने आंँखादान गरि दृष्टिविहीनलाई संसार देखाउन सकिन्छ भन्ने अभिप्रायले योचलचित्र बनाएको हुंँ । चलचित्रको कथापनि यसकै सेरोफेरोमा घुमेको छ ।’ मिश्रले भन्नुभयो । यस चलचित्रले आंँखाको महत्वको बारेमा र समाजमा सकारात्मक सन्देश जाने भएकोले यस बिषयवस्तुमा चलचित्र निर्माण गरिएको उहांँको भनाई छ ।
साउन १० गते विहान ८ बजे नारायणगढको क्षेत्रपुरमा रहेको जलमा हलमा प्रिमियर शो हुन लागेको हो ।
चलचित्रमा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, विमला अधिकारी, राजु अधिकारी, विनोद मिश्र, राजीवन्यौपाने, केडी प्रशित र सुरज पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ ।
सो लघु चलचित्र जम्मा ४० मिनेटको छ । छायाङकन चितवन र काठमाण्डौंका विभिन्न ठाउँमा गरिएको छ । यस लघु कथा आशुतोश अधिकारीले
निर्देशन गर्नुभएको हो भने लेखन रफि शाहले गर्नुभएको छ । थर्ड आई लघु चलचित्रले उत्कृष्ट फिल्म, उत्कृष्ट नायिका तथा उत्कृष्ट निर्देशकको अवार्ड समेत पाएको मिश्रले जानकारी दिनुभयो ।
अधिवक्ता मिश्रद्धारा निर्मित लघु चलचित्र ‘थर्ड आई’ को बिशेष शो
अधिवक्ता मिश्रद्धारा निर्मित लघु चलचित्र ‘थर्ड आई’ को बिशेष शो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु