नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रीवाहक बसमा आगलागी हुँदा ३३ यात्री घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिरनजिक बस दुर्घटना भई आगलागी भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए ।
आगलागीबाट यात्री घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताए ।
घाइते आठ यात्रीको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अरूको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु