रत्ननगर ।रत्ननगरको सेभ सुपर मार्केटमा पांँचसयको खरीदमा पांँच रुपैंया सेभ हुने कार्डको व्यवस्था गरिएको छ । व्यवसाय प्रबर्धनका लागि छुट सुविधा सहित ग्राहकको लागि लोयल्टी कार्डको व्यवस्था गरिएको हो ।
शनिवार रत्ननगरका मेयर प्रल्हाद सापकोटा र उपमेयर यादव पाठकले सयुक्त रुपमा सो कार्डको सुभारम्भ गरेका छन् । ५०० को सामान खरिद गर्दा पाँच रुपैयाका दरले ग्राहकको नाममा बचत गर्ने र एक बर्ष भित्र त्यो रकम बराबरको सामान खरिद गर्न सकिने गरी लोयल्टी कार्डको व्यवस्था गरिएको सेभ सुपरमार्केटका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए ।
५०० बराबर एक पोइन्ट हुने र एक पोइन्ट बराबर ५ रुपैया हुने उनले बताए । कार्यक्रममा मेयर सापकोटाले शहरीकरण तर्फ उन्मुख रत्ननगरको टाँडीमा सञ्चालनमा आएको सुपरमार्केट स्थानीय जनताको पहुँचमा हुनुपर्ने बताए । उपमेयर पाठकले सामान्य आर्थिक हैसियतका मान्छेको पहुँच हुने गरी सामानको मुल्य निर्धारण गर्न आग्रह गरे ।