चितवन । भारी बर्षाका कारण पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । गएराती ९ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै ठूलो पहिरो खस्दा दुबै तर्फ सडक अवरुद्ध भएको थियो ।
आज राती ९ ः ४० देखि दुईतर्फी बाटो सुचारु भएको हो । अन्य थुप्रै ठाउंँमा पहिरो गएपनि केराबारीमा ठूलो पहिरो गएपछि पन्छाउन समय लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो खसेको स्थान प्रहरी चौकी जुगेडीबाट ८ किलोमिटर मुग्लिनतर्फ पर्दछ । यो बाटो भएर दैनिक झण्डै २० हजार सवारी साधन ओहोरदोहर गर्छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु