चितवन । नारायणढको लिलाचोकबाट भारी परिमाणमा लागुऔषध सहित दुईजना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १ बस्ने विष्णु केसी र वडा नम्बर २ बस्ने आशिष चौधरी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सांँढे ४ बजे
भरतपुर महानगरपालिका वडा नं. १ लिलाचोक स्थित सडकमा शंकास्पद रुपमा उभिईरहेका उनीहरुलाई चेकजाँच गर्दा निलो रङको फाईबरको झोलामा लुकाईछिपाई ल्याएको लागुऔषध डाईजेपाम ७१ एम्पुल, प्रोमोताईजेन ७५ एम्पुल र नफिम ७१ एम्पुल गरी जम्मा २१७ एम्पुल फेला परेका हो । उनीहरुलाई लागुऔषध सहित पक्राउ गरी चितवन जिल्ला अतालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु