चितवन । पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।आज अपरान्ह ५ः०५ बजे भरतपुर महानगरपालिका २९ केराबारीस्थित मौरी खोलामा पहिरो खसेको हो । लेदोसहितको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ । पछिल्लो केही दिनदेखि यस स्थानमा पहिरोले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु