चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ का नवनिर्वाचित वडा सदस्यले बिष सेवन गरेका छन । आज सांँझ सांँढे ६ बजे डेलिन नामको बिष सेवन गरेको वडासदस्यका दाजु शंकर कुमार थापालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार हाम्रोचोक बस्ने बर्ष ४२ को सन्जु भन्ने संजय थापाले बिष सेवन गरेको र हाल पुष्पाञ्जली अस्पताल, भरतपुरमा उपचार भईरहेको छ । थापाको अस्पतालको आईसियु कक्षमा उपचार भईरहेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । के कारणले थापाले बिष सेवन गरे भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु