चितवन । एसवान ग्रुप अफ कम्पनीको ब्राण्ड एम्बेस्डरमा सामाजिक अभियान्ता एवं उत्प्रेरक अर्जुन भुसाल नियुक्त भएका छन् । निर्माण एवं ईञ्जिनियरिङ्ग क्षेत्रमा परिचित यस कम्पनीले ब्राण्ड एम्बेस्डरमा भुषाललाई नियुक्त गरेको हो ।
भरतपुरमहानगर पालिका वडा नम्बर ११ नहरचोक स्थित कम्पनीका सञ्चालक सुरज न्यौपाने र भुषालबीच उक्त समझदारी पत्रमा बिहीवार हस्ताक्षर भएको थियो ।
ब्राण्ड एम्बेस्डर नियुक्त भएपछि प्रतिक्रिया दिंँदै भुषालले सामाजिक कार्य संँगै यस कम्पनीको प्रवद्र्धनमा आफू सक्रिय हुने बताए । आफ्नो नियुक्ती संँगै कम्पनीले फड्को मार्ने विश्वास लिएको बताए ।
कम्पनीका सञ्चालक न्यौपानेले सामाजिक क्षेत्रमा सक्रिय भुषालसंँग सहकार्य गर्न पाउनु गर्वको बिषय रहेको बताए ।
चार बर्ष देखि सञ्चालनमा आएको कम्पनीले घर तथा भवन निर्माण, इन्टेरियर डिजाइन, प्यानल भवन निर्माण, निर्माण सामग्री सप्लायर्स लगायतका सेवाहरु दिंँदै आएको छ ।
तीन युवा व्यवसायीकोे साझेदारीमा सञ्चालित कम्पनीको भरतपुर र पोखरामा कार्यालय सञ्चालन गर्दै आएको छ । निर्माण क्षेत्रमा देशभर सञ्जाल विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।