चितवन । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था (साकोसले) नारायणगढले संस्थागत जानकारी, समिक्षा तथा बार्षिक कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरी संस्थाका शेयर सदस्य, विज्ञ एवं सरोकारवालाबीच सुझाव, प्रतिक्रिया तथा आगामी बार्षिक योजना तयार पारेको हो ।
कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रर्वद्धन शाखा प्रमुख रामबाबु पौडेल, बिशिष्ट अतिथि सहकारी विज्ञ केशव बहादुर थापा , बरिष्ठ समाजसेवी ज्ञान कुमार चुके , शंकर प्रसाद घिमिरे लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले कुशल व्यवस्थापनका कारण संस्थाले छोटो समयमै सफलताको फ्डको मारेको बताउनु भयो । संस्थाले आफ्नो गुडवील, क्षमता तथा सेवा सुविधा सेवाग्राहीलाई जानकारी गर्र्नुपर्नेमा जोड दिनुभयो । सहकारी संस्था, सहभागिता र सहकार्य सिद्धान्तमा आधारित हुने भएकोले तरलता लाई व्यवस्थापन गर्दै बालबचत योजनालाई अघि सार्न उहांँले आग्रह गर्नुभयो ।
सहकारी विज्ञ थापाले कोरोना कहर र देशमै तरलता अभाव भएको अवस्थामा पनि संस्थाले अपेक्षा गरेको भन्दा दोब्बर निक्षेप संकलन गर्न सकेको बताउनु भयो । आगामी दिनमा निक्षेप रकमलाई शेयर मा परिणत गर्नुपर्ने, नयांँ शेयर सदस्य बृद्धि गर्नुपर्ने, र मुद्धति योजनालाई प्रभावकारी बनाउन थापाले सुझाव दिनुभयो ।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत राजन पौडेलले संस्थाको गतिविधि, प्रगतिको बारेमा प्रकाश पार्नुभएको थियो । उहांँले सबै सेयर सदस्य,कर्मचारी र सेवाग्राहीको साथ र सहयोग कारण संस्था यो उचाईमा आउन सफल भएको बताउनु भयो । उहांँले संस्थालाई थप विश्वासिलो, सेवाग्राहीमैत्री बनाउन यहांँ आएका सल्लाह सुझावलाई संकलन गरी बार्षिक कार्ययोजना तर्जुमा गरिने बताउनु भयो ।
कार्यक्रममा अन्य सहभागीहरुले तरलताको व्यवस्थापन, गर्नुपर्ने, सेवाग्राही , सूचनामैत्री प्रणालीलाई प्राथमिकता दिनुपर्ने, संस्थाले आकर्षक योजना ल्याउनु पर्ने र शेयर सदस्यमा बृद्धि गरिनुपर्ने लगायतका सुझाव दिनुभएको थियो । संस्थाका व्यवस्थापक आशिष पौडेलले स्वागत मन्तव्य दिनु भएको कार्यक्रमको सभापतित्व संस्थाका सञ्चालक जनक पौडेल गर्नुभएको थियो । कार्यक्रमको संयोजन देवेन्द्र पौडेलले गर्नुभएको हो ।
२०७४ असार २९ गते दर्ता भएको यो संस्थाले १६ महिनादेखि वित्तिय कारोबार गर्दै आएको छ । हाल संस्थामा ३ हजार ५ सय ३८ जना सदस्य रहेका छन् । संस्थाको शेयर पुंँजी १ करोड२२ लाख ५० हजार दुईसय रहेको संस्थाको निक्षेप रकम २८ करोड ४३ लाख १५ हजार १ सय १६ रुपैंया छ । संस्थाले हालसम्म ऋण लगानी १८ करोड ५० लाख ५ हजार ३ सय १५ रुपैंया गरेको छ । सहकारीको संस्थागत सम्पती २९ करोड ६१ लाख रहेको छ ।