चितवन । चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार उमेश श्रेष्ठले डांँडाकाडामा कृषि र पर्यटनबाट प्रर्वद्धन गर्ने बताएका छन । आज कुरिनटारमा गठबन्धन सम्पर्क कार्यालयको उद्धघाटन गर्दै उनले ईच्छाकामना गाउंँपालिकामा आफूले प्रशस्त सम्भावना भएकोले योजना बनाएर विकास गर्नु पर्ने बताए । यहीं नजिकै मनकामना केवल कार बनेको छ । नदी किनारमा होटल रिर्सोट बनेका छन । ‘डांँडाकाडांँमा झन प्रशस्त संभावना छ । गर्नसक्ने कुरा धेरै छ । यहांँ पर्यटन कृषिको प्रर्वद्धन गर्न सकिन्छ । म जिते भने गर्नेछु । ’उनले भने ।
ठाउंँ ठाउंँमा कृषिको बजार बन्न सक्ने भन्दै शिक्षा स्वास्थ्यको पर्यटन प्रर्वद्धन सडक लगायतको पूर्वाधारको पहुंँच पुर्याउनु आवश्यक रहेको बताए । उनले गफ गर्ने मान्छेल काम गर्न नसकेको भन्दै काम गर्ने मानिसलाई मत दिन उनले आग्रह गरे । हिजोका दिनमा कतिपय नेतृत्वका कमजोरी भएपनि अब यहांँका समस्यालाई समाधान गर्न जनतासंँग छलफल गर्दै अघि बढ्ने उनले बताए । दुर्गम ठाउंँको विकासका लागि राज्य व्यवस्थामा पहुंँच हुने भन्दै आफू काम गर्नका लागिनै उम्मेद्वारी दिएको बताए ।
अब यहांँका युवा रोजगारीको लागि विदेश जानु नपर्ने गरीकन यहांँका सम्भावनालाई भरपुर प्रयोग गर्नमा जोड दिए । ‘यहांँ प्रशस्त सम्भावना छ ।अब यहांँको युवाहरुले यही गरिखाने वातावरण बनाउनु पर्छ ।’