चितवन । चितवनमा ग्यांँस सिलिण्डर लोड गरेको ट्रकले स्कुटरलाई ठक्कर दिंँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भिर घाईते भएका छन ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २० का सागर तामाङ्ग रहेका छन भने , पछाडि बस्ने सोही ठाउंँका बिशाल ढकाल गम्भिर घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ११ बजेर ४० मिनेट जांँदा भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित टिकौली जंगलमा टाँडी बाट भरतपुर तर्फ आउदै गरेको ना ४ ख ६६७४ नं को ग्यास सिलिण्डर लोड ट्रकले सोही दिशा बाट आउँदै गरेको बागमती प्रदेश ०३–००२प ७६८८ नं.को स्कुटरलाई पछाडी बाट ठक्कर दिदाँ उक्त दुर्घटना भएको थियो ।
दुर्घटनाबाट गम्भिर घाईते उनीहरुको उपचारको क्रममा तामाङको मध्यान्ह सांँढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ढकालको गम्भिर अवस्थामा उपचार भईरहेको छ । ट्रक चालक जिल्ला तनहुँ घुमाउने नगरपालिका वडा नम्बर .४ बस्ने ढक बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।