चितवन । पुथ्वीराजमार्ग अन्र्तगत इच्छाकामना गाउंँपालिका वडा नम्बर ३ स्थित फिस्लिङ्गमा भएको दुर्घटनामा कार चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ३५ का समीर ओझा रहेका छन । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ११ बजेर ७ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजेर २५ मिनेटमा नेपालगञ्जबाट काठमाडौं तर्फ गईरहेको भे १ ख ४०६२ नम्बरको बस र विपरित दिशाबाट आईरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार ठक्कर खांँदा बस सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु











