चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित लाइफलाइन हेयर ट्रान्सप्लान्ट एण्ड स्किन केयरमा भोलिदेखि कपाल तथा छालाको परिक्षण हुने भएको छ । कात्तिक १० र ११ गते हुने शिविरमा नेपालकै वरिष्ठ कपाल, अनुहार तथा छाला रोग विशेषज्ञहरु कपाल र छालाको परिक्षण गर्नेछन । सेवाग्राहीको माग अनुसार दक्ष तथा बिशेषहरुबाट दुईदिन कपाल तथा छालाको परिक्षण गरिन लागेको लाइफलाइनले जनाएको छ । ‘चितवनमा पनि सौन्दर्य तथा व्यत्तित्व विकासका लागि छाला तथा कपाल सम्बन्धी उपचार गर्ने सेवाग्राही बढ्दै गएको र, बिशेषज्ञ सेवाको लागि काठमाडौं लगायत अन्यन्त्र जान नपरोस भन्ने हाम्रो उद्धेश्य सहित लाइफाइनले यो सेवा दिदै आएको हो ।’
आगामी दिनमा पनि लाइफलाइबाट बिशेषज्ञद्धारा कपाल तथा छालाको परिक्षण तथा सेवालाई निरन्तरता दिइने जनाइएको छ ।
सेवाग्राहीले कपाल पातलो वा पूर्ण रुपमा तालु भएका तथा अनुहारमा पोतो, दाग, चाउरीपना भएका परिक्षण गर्न सक्नेछन । बिहान ९ बजेदेखि शुरु हुने परिक्षणको फाइदा लिन समेत आग्रह गरिएको छ ।
यसअघि यसको मुख्य शाखा चितवन हिमाल डेन्टलले २ दशक देखि दन्त सम्बन्धी उपचार र सेवा दिदैं आएको छ ।
लाईफ लाइन र चितवन हिमाल डेन्टलले दांँत सम्बन्धी यहाँ निःशुल्क दन्त परिक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टिष्टद्वारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्यधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा दिंँदै आएको छ ।
लाइफलाइन हेयर ट्रान्सप्लान्टमा कात्तिक १० र ११ गते बिशेषज्ञद्धारा कपाल तथा छालाको परिक्षण हुंँदै
लाइफलाइन हेयर ट्रान्सप्लान्टमा कात्तिक १० र ११ गते बिशेषज्ञद्धारा कपाल तथा छालाको परिक्षण हुंँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु







