चितवन । चितवनमा दन्त उपचारमा नयांँ प्रविधि भित्रिएको छ । भरतपुर–१२ स्थित एपोलो डेन्टल क्लिनिकले अलाइनर्स प्रविधिबाट सेवा शुरु गरेको हो ।
क्लिनिकका संचालक एवं सहप्राध्यापक डाक्टर बासुराज पाण्डेले दन्त उपचारमा पुरानो प्रविधिलाई विस्थापित गर्दै अलाइनर्स प्रविधिबाट चितवनमा पहिलोपटक सेवा शुरु गरेको बताए ।
‘ हामीले एलाइनर्स’ प्रविधिबाट चितवनमा सेवा सुरु गरेका छौं, डा. पाण्डेले भने , यो प्रविधिबाट बांगाटिंगा, नमिलेका दाँत तथा छिद्रा हुने दांतको उपचारको लागि प्रयोग हुन्छ । यो पारदर्शी एलाइनर २ दिनभित्र नै तयार हुने उनले बताए। जसले उपचार प्रक्रियालाई प्रभावकारी बनाउनुका साथै सेवाग्राहीलाई झन्झट र पीडा समेत कम हुने उनको भनाई छ ।
डा. पाण्डेका अनुसार सिग्मा एलाइनर्स उन्नत डिजिटल थ्री डी स्क्यानिङमार्फत कस्टम–मेड तरिकाले तयार गरिन्छ । पुरानो धातुका ब्रेसेसको तुलनामा एलाइनर आरामदायी र यस प्रविधिकमा सेवाग्राहीको आकर्षण बढ्दै गएको छ ।
पहिले यहाँबाट स्क्यान गरेर बाहिर पठाउनुपथ्र्यो, तर अब हामीले यहीँ क्लिनिकमै एलाइनर तयार गर्न थालेका छौँ ।” उनले भने ।
क्लिनिकले विशेषज्ञ दन्त चिकित्सक, अत्याधुनिक एलाइनर फेब्रिकेसन ल्याब, सुरक्षित तथा स्वच्छ वातावरण सहित आधुनिक दन्त उपचार सेवा उपलब्ध गराइरहेको जनाएको छ ।
क्लिनिकका अनुसार एलाइनर सेवा सुरु भएपछि भरतपुर तथा आसपासका बिरामीलाई गुणस्तरीय, द्रुत र अत्यधुनिक दन्त उपचार एकै ठाउँमा प्राप्त हुने विश्वास छ ।









