भरतपुर । चितवनका बुद्धिजीवीहरू रेनु दाहाल जिताउ अभियानमा अघि बढेका छन् !
बुधबार बिहान भरतपुरमा बसेको बुद्धिजीवीहरूको भेलाले विकासप्रेमी नेत्री एवं चितवन क्षेत्र नम्बर ३ कि उम्मेदवार रेनु दाहाललाई जिताउन एकजुट हुने निर्णय गरेको हो। भेलाले वरिष्ठ चिकित्सक डाक्टर भोजराज अधिकारीको संयोजकत्वमा भरतपुरदेखि माडीसम्म सातवटा क्लस्टर पनि निर्माण गरेको छ ।
हरेक कलस्टरमा संयोजक तोकेर रेनु जिताउ अभियानमा आजदेखि लागेको संयोजक डा. अधिकारीले बताए ।
संयोजक अधिकारीका अनुसार भरतपुरको वडा नम्बर ६,८ र ९ को क्लस्टरमा प्राध्यापक विनोदखण्ड तिमल्सिना,वडा नं १३ १४ र २२ मा समाजसेवी एवं युवा व्यवसायी राजु पौडेल, वडा नम्बर २१ २३, २४ र २५ मा होमनाथ भण्डारीलाई संयोजक तोकिएको छ ।
त्यसैगरी वडा नम्बर १५ र १६ मा बाम बुद्धिजीवी बुद्धि ढुङ्गाना, वडा नम्बर १७,१८,१९ र २० मा नेपाल बुद्धिजीवी संगठनका जिल्ला अध्यक्ष नारायण रेग्मी र भरतपुर महानगरको वार्ड नम्बर २६ देखि २८ सम्म अभियान चलाउन व्यवसायी मित्रराज दवाडी र प्राध्यापक टीका देवकोटालाई संयोजक तोकिएको छ ।
भरतपुरको विकासमा मोडल प्रस्तुत गरेकी नेत्री रेनु दाहालले संघीय संसदमा गएर जनपक्षीय कानुन बनाएर सिङ्गो चितवनको विकास गर्ने हुनाले चितवनका बुद्धिजीवीहरू रेनु दाहाल जिताउ अभियानमा लागेको वरिष्ठ चिकित्सक एवं अभियानका संयोजक डा. अधिकारीको भनाइ छ।
नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य प्रमोद तिवारीले बुद्धिजीवीहरू विकास र जनताको पक्षमा उभिएर रेनु दाहाल जिताउ अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।
भेलामा सहभागी नेपाली कम्युनिस्ट पार्टीबाट चितवन क्षेत्र नं ३ कि उम्मेदवार रेनु दाहालले बुद्धिजीवीहरूले नागरिक अभियान चलाउने उद्घोष गरेकोमा धन्यवाद व्यक्त गरिन् । साथै उनले विकासको पक्षमा टोलटोलमा पुगेर जनपक्षीय अभियान चलाउन पनि बुद्धिजीवीलाई आग्रह गरिन् ।
भरतपुरदेखि माडीसम्म सबै क्लस्टरमा रहेका बुद्धिजीवीहरूले रेनु दहाल जिताउ अभियानमा आजदेखि लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त नागरिक अभियानमा चितवनका बुद्धिजीवी प्राध्यापक अधिवक्ता शिक्षक र नागरिक अगुवा रहेका छन् ।











