चितवन । भरतपुर १० स्थित कलेज अफ मेडिकल साइन्सेस -सीएमएस) शिक्षण अस्पताल -पुरानो मेडिकल कलेज) ले स्टाफ नर्स पदका लागि कर्मचारी माग गरेको छ। अस्पतालले जारी गरेको सार्वजनिक सूचना अनुसार केही संख्यामा स्टाफ नर्स पदमा योग्य उम्मेदवारबाट आवेदन माग गरिएको छ ।
उक्त पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले बीएससी नर्सिङ, बीएन वा पीसीएल नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै नेपाल नर्सिङ काउन्सिल -एनएनसी) मा दर्ता भएको अनिवार्य योग्यता तोकिएको छ। सूचनामा एकदेखि दुई वर्षसम्मको कार्यअनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको भए पनि नयाँ स्नातक तथा फ्रेशर उम्मेदवारलाई समेत आवेदन दिन प्रोत्साहन गरिएको अस्पतालले जनाएको छ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको क्षेत्रमा अग्रणी संस्थाका रूपमा परिचित पुरानो मेडिकल कलेजले गुणस्तरीय स्वास्थ्य सेवा, उन्नत क्लिनिकल तालिम तथा बिरामीमैत्री उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ। अस्पतालले दक्ष तथा प्रतिबद्ध नर्सिङ जनशक्ति भित्र्याएर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले दरखास्त आह्वान गरेको जनाएको छ ।
चयन हुने स्टाफ नर्सलाई मासिक ३४ हजार ७३० रुपैयाँ तलब उपलब्ध गराइने सूचनामा उल्लेख छ। इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा तथा आवश्यक कागजातसहित इमेलमार्फत आवेदन दिन सक्नेछन्। अस्पतालले योग्य र सेवाभावी नर्सिङ जनशक्तिलाई आफ्नो टोलीमा आबद्ध भई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान गर्न आग्रह समेत गरेको छ।









