चितवन । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले चितवनस्थित आफ्नो आधिकारिक शोरुम मार्फत नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट विद्युतीय एसयूभी गाडी सार्वजनिक गरेको छ। बिहीबार भरतपुर १२ स्थित रहेको शोरुमममा सो मोडलको गाडीको बिक्री शुभारम्भ गरिएको हो ।
गाडी सार्वजनिकसँगै कम्पनीले ग्राहकलाई गाडी बिक्री तथा डेलिभरी पनि सुरु गरेको जनाएको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा ल्याइएको इ.मास ५ आधुनिक प्रविधि, स्मार्ट डिजाइन र दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्यका साथ नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ। हालै मलेसियाको ‘ब्lिष्बलश म्क्ँ ख्भजष्अभि या तजभ थ्भबच ब्धबचमक द्दण्द्दट’ मा ‘भ्भिअतचष्अ ऋयmउबअत ख्भजष्अभि या तजभ थ्भबच द्दण्द्दट’Ú उपाधि जित्न सफल यो गाडीमा रियर–ह्विल ड्राइभ च्ध्म्, रियर मल्टि–लिङ्क सस्पेन्सन, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ७० लिटरको फ्रङ्क र ३७५ लिटर क्षमताको बुट स्पेससहित अत्याधुनिक सुविधाहरू उपलब्ध छन्।
सार्वजनिक कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ओली, भरतपुर महानगरपालिका–१२ का वडा अध्यक्ष लेखराज पन्त, चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक डिजाइन र आकर्षक मूल्यका कारण प्रोटोन इ.मास ५ चितवनका ग्राहकहरूको पहिलो रोजाइ बन्नेमा ढुक्क रहेको बताए ।े विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउँदै दिगो यातायातको विस्तारमा योगदान दिन पाउँदा गर्व लागेको उनको भनाई थियो ।
कम्पनीका अनुसार प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। चितवन सार्वजनिककरणको अवसरमा प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. २९.९९ लाख र प्रिमियम भेरियन्टको रु. ३४.९९ लाख तोकिएको छ। यी विशेष मूल्य पहिलो सय ग्राहक तथा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। इच्छुक ग्राहकहरूले चितवनस्थित प्रोटोन शोरुममा गाडीको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ तथा बुकिङ गर्न सक्नेछन ।









