चितवन । चितवनको भरतपुरमा अत्यधुनिक सेवा सुविधासहित महिला फिटनेस सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित बोष्टन कलेज रोडमा सिमोसन फिटनेस क्लब सञ्चालनमा आएको हो । महिला उद्यमी सम्झौता दवाडी र मुना आचार्यको संयुक्त लगानीमा फिटनेस क्लब सञ्चालनमा आएको हो । हालै एक कार्यत्रमकाबीच फिटनेस क्लबको औपचारिक रुपमा शुभारम्भ गरिएको थियो । १ करोड बढी लगानीमा सञ्चालित फिटनेस क्लबमा जुम्बा ,काडियो ,ओटट्रेन, जिम लगायतका अभ्यास गर्न पाइने छ । साथै त्यहाँ सन्तान भएका महिलाहरुको लागि बेबी सिटिङको कक्षको पनि व्यवस्था गरिएको छ ।
महिलाहरुको लागि सहजताको लागि सिमोसन फिटनेस क्लब सञ्चालनमा ल्याईएको संचालिका सम्झौता दवाडीले बताईन । ‘चितवनमा सबै फिटनेस क्लबमा एकैठाउंँमा महिला पुरुषहरुले अभ्यास गर्ने मात्र सुविधा छ ,तर हामीले केवल महिला दिदी बहिनीको सहजता र कम्फर्टको लागि सञ्चालनमा ल्याएका हौं । ’दवाडीले भनिन । पछिल्लो समय युवा तथा अन्य उमेर समुहका महिला पुरुष व्यायाम गर्ने अभ्यास बढेकाले फिटनेस संचाललमा ल्याईएको दवाडीले बताईन । शुभारम्भको अवसरमा छुटको सुविधा रहेको र आजीवन सदस्यता लिनेको लागि ७० प्रतिशतसम्म छुट प्रदान गरिने अर्का संचालिका मुना आचार्यले बताइन । एकैपटक ५० जना भन्दा बढीले व्यायाम गर्न सकिने उक्त फिटनेस क्लबमा ग्राहकको माग अनुसार थप सेवा सुविधा दिदै जाने आचार्यको भनाई छ ।











