चितवन –
चितवनका चिरपरिचित युवा उद्यमी रुवीन रामुदामुले हालै आएको भोटेकोशी बाढीपीडितलाई राहतस्वरुप ३ लाख ७५ हजार बढी सहयोग गर्नुभएको छ । राष्ट्रिय विपदको यो घडीमा र पीडित परिवारको केही हदसम्म राहत र मलम पट्टी लगाउन सकिन्छ भन्ने उद्धेश्य सहित उहांँले ३ लाख ७५ हजार ५५५ रुपैंया रकम सहयोग गर्नुभएको हो । उहांँले सोमबार बैंक भौचर मार्फत उक्त रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गर्नु भएकोे हो । ’एक नेपालीलाई दुख पीडा पर्दा अर्को नेपालीको मन दुख्नुपर्छ । पीडा साटिनुपर्छ । उहांँले भन्नुभयो, आज सारा देश रोएको अवस्था छ । यही दुख पीडामा म पनि छु है भन्ने भावना जगाउन एउटा सानो सहयोग गरेको हुंँ ।‘ बाढीपिीडितको लागि सबैले सक्दो सहयोग गर्न समेत उहांँले आग्रह गर्नुभयो ।
झण्डै आधा दर्जन भन्दा बढी व्यवसायिक तथा सामाजिक संस्थामा आवद्ध रामुदामु सानैदेखि सहयोगी मनका रुपमा चिनिनुहुन्छ । ा रविन रामुदामुले यसअघि पनि चितवनका थुप्रै सामाजिक कामका लागि अतुलनीय सहयोग गर्दै आउनु भएको छ ।
जय सन्तोषी मा सुनचाँदी शोरुम, नारायणगढका सञ्चालकसमेत रहेका रामुदामु यस सहयोगले विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका परिवारलाई राहत पु¥याउने उद्देश्यले राष्ट्रिय शोकको संवेदनशील घडीमा गरिएको सहयोगले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र विपद्मा परेकाप्रति एकताको र भाईचाराको सन्देश दिएको छ।
रामुदामु सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, चितवन चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा युरो मोटर्सका अध्यक्ष हुनुहुन्छ । उहांँ होटल, अस्पताल तथा हिरा–ज्वाहरात लगायत विभिन्न व्यवसायिक क्षेत्रमा समेत आवद्ध हुनुहुन्छ । रोटरीमा समेत आवद्ध उहांँ चितवनका सफल उद्यमीका रुपमा परिचित हुनुहुन्छ ।
उहांँ जय सन्तोषी मा सुनचाँदी पसलका संस्थापक तथा वरिष्ठ व्यवसायी ईश्वरलाल रामुदामुका कान्छा सुपुत्र तथा नेपाल दलित संघका अध्यक्ष विपिन रामुदामुका सहोदर भाइ समेत हुनुहुन्छ । यो परिवारले नारायणगढमा तीनवटा सुनचांँदी पसलको शाखा र लण्डनमा समेत अर्को शाखा विस्तार गरिसकेको छ ।
लण्डनमा उच्च शिक्षा अध्ययन गरेका रामुदामुले विगत केही दशकदेखि नेपाली सुनचाँदी व्यवसायको विकाससँगै विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालको आर्थिक तथा व्यावसायिक क्षेत्रमा योगदान पु¥याउँदै आउनु भएको छ ।
राष्ट्रिय शोकको यस संवेदनशील समयमा रामुदामुले गरेको उक्त सहयोगी मनले विपद्मा परेका परिवारप्रति व्यवसायी तथा निजी क्षेत्रको सामाजिक दायित्व र मानवीय संवेदनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।










