चितवन –
सिजी मोटर्सको आधिकारिक बिक्रेता सफल मोटर्स भरतपुर -हिरो सोरुम मार्फत सञ्चालन भइरहेको हिरोको दशैं विशेष महाअभियानअन्तर्गत भरतपुर–२८ का वेदप्रसाद रिजालले शतप्रतिशत (१००%) क्यासब्याक जित्न सफल भएका छन्।
गत कार्तिक ९ गते सञ्चालन भएको हिरो दशैं विशेष अभियानको ‘कोर्यो कि पर्यो’ योजनाअन्तर्गत रिजालले उक्त आकर्षक पुरस्कार जितेका हुन्।
रिजालले खरिद गरेको Hero Xtreme 125R OBD II मोटरसाइकलको मूल्य ३ लाख २७ हजार रुपैयाँ रहेको थियो। अभियानअन्तर्गत उनले मोटरसाइकलको शतप्रतिशत क्यासब्याक अर्थात् ३ लाख २७ हजार रुपैयाँ बराबरको पुरस्कार जित्न सफल भएका छन्।
सिजी मोटर्सको आधिकारिक बिक्रेता सफल मोटर्स भरतपुर -हिरो सोरुमका म्यानेजर भागीरथ कँडेलले यसबारे जानकारी दिँदै रिजाललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। साथै, उनले विजेताको यो खुसीलाई अझ विशेष, रमाइलो र अविस्मरणीय बनाउन सफल मोटर्स परिवार सदैव प्रतिबद्ध रहेको बताए।
हिरोको दशैं विशेष महाअभियानमा ग्राहकहरूले हिरोका स्कुटर तथा मोटरसाइकल खरिद वा एक्सचेन्ज गरी विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।
सफल मोटर्सले ग्राहकहरूलाई यस अभियानमा सहभागी भई हिरोका दुईपाङ्ग्रे सवारीसाधन खरिद तथा एक्सचेन्ज गर्न र आकर्षक पुरस्कार जित्ने अवसरको फाइदा उठाउन आग्रह गरेको छ।












