चितवन । चितवनमा केही साता अघिदेखि पुलबाट हामफालेर वेपत्ता हुने क्रम रोकिएको छैन । बिहीबार कालिका जुटपानीका अनुप पोख्रेल नारायणी नदीमा हामफालेर वेपत्ता भएको चौबीस घण्टा नबित्दै चितवन र तनहुंँ जोड्ने पुलबाट आज सांँझ एक व्यक्ति हामफालेर वेपत्ता भएका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज सांँझ ५ बजेर २५ मिनेटमा ईच्छाकामना गाउंँपालिका वडा नम्बर .५ स्थित तनहुँ र चितवन जोड्ने पुरानो पक्कि पुलबाट बा. प्र. ०२ ०३१ प ५२१४ न. को मोटरसाइकल साईडमा राखी हामफालेका थिए । प्रहरीले उनको चप्पल र व्याग समेत फेला पारेको छ ।
उक्त व्याग खोलेर हेर्दा दोलखा गैरिमुदी वडा नम्बर ९ २७ बर्षीय निराजन घिमिरे नाम भएको लाईसेन्स फेला पारेको छ । वेपत्ता हुनासाथ खोजी कार्य जारी रहेको र शसस्त्र गोताखोर टोलि लाई समेत खबर गरिएको प्रहरीले जनाएको छ । हालसम्म उनी फेला पार्न सकिएको छैन ।