चितवन । अविरल बर्षाका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्रकिलोको पहिरो हटाएपछि उक्त सडक खण्ड तीनघण्टा पछि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बुधबार राती देखि परेको अविरल बर्षाका कारण उक्त स्थानमा पहिरो गएको थियो । बिहान ८ जेर २० मिनेटमा गएको पहिरो ११ बजेर ५ मिनेटमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो खुलेपछि जाममा फसेका सवारीसाधन गन्तव्य तर्फ लागेका छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु