चितवन । चितवनमा अनियन्त्रित भई ट्रिपर पल्टँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ्ग बेनिघाट रोराङ्ग गाउंँपालिका वडा नम्बर १० बस्ने बर्ष ४२ को सन्त बहादुर राई रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान पौने ७ बजे ईच्छाकामना गाउंँपालिका वडा नम्बर ५ स्थित तीन नम्बर पुल नजिक मुग्लिनबाट नारायणगढ तर्फ जांँदै गरेको बा २ ख ७४६२ ट्रिपर आंँफै अनियन्त्रित भई रोड देखि २० मिटर तल तुईन खोलामा खस्न जांँदा राईको घटनास्थलमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु