चितवन । चितवनमा मिनी ट्रकको ठक्करबाट मोटर साइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एकजना घाईते भएका छन ।
मृत्यु हुनेमा रत्ननगरनगरपालिका वडा नम्बर १० का २२ बर्षीय अमित महत्तो रहेका छन भने सोही ठाउंँ बस्ने २७ बर्षीय विश्वास महत्तो गम्भिर घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज मध्यान्ह . १२ः२० बजे रत्ननगर नगरपालिका वडा नम्बर १२ जमुनापुर स्थितमा खोलेसिमल बाट बकुलहर चोक तर्फ आउदै गरेको ना. ४२ प. ४४५३ नम्बरकोे मोटरसाइकल र विपरीत दिशाबाट जादै गरेको ना. ४ ख. ५३०१ नम्बरको मिनि ट्रक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनाबाट अमित महत्तोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते विश्वास महत्तोको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । ट्रक चालक खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ५६ को देवि प्रसाद सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।