काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले फरक क्षमता भएका नागरिकका मागलाई लिएर सरकार गम्भीर रहेको बताएका छन् । बिहीबार सिंहदरबार स्थित गृह मन्त्रालयमा स्पाइनल कर्ड इन्जरी नेटवर्क नेपालका प्रतिनिधिहरूसँग गृहमन्त्री खाणले फरक क्षमता भएका नागरिकका लागि राज्यले विशेष व्यस्था गर्ने बताए ।
स्पाइनल कर्ड इन्जरी नेटवर्क नेपालका प्रतिनिधिहरूले शिक्षा, स्वास्थ, रोजगारी एवम् जीविकोपार्जनमा फरक क्षमता भएका नागरिकलाई राज्यले हेर्नुपर्ने माग राखेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु