चितवन । भरतपुरमा ट्रिपर पछाडि माईक्रोबस ठोक्किदा माईक्रोबस मा सवार १६ यात्रु घाईते भएका छन । आज अपरान्ह पौने पांँच बजे भरतपुर महानगर पालिका वडा नम्बर २९ स्थित सिमलताल भन्ने स्थानमा ना ६ ख ४४९० नम्बरको ट्रिपर पछाडि नारायणढबाट काठमाडौं तर्फ गईरहेको बा ३ ख ५८९१ नम्बरको माईक्रो बस ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा काठमाण्डौ स्वयम्भु बस्ने अन्दाजी ६१ बर्षीय बिक्की वाङबो गुरुङ गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्य घाईतेहरुको भरतपुर स्थित पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
ट्रिपर चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ भने माईक्रो चालक गजुरी गाउंँपालिका वडा नम्बर ४ बस्ने ३२ बर्षीय धन बहादुर तामाङ ईलाका प्रहरी कार्यालय गजुरी धादिङको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु