पहिलो कुरा त हाम्रो देशको अर्थ व्यवस्थालाई राम्रोसंँग अगाडि बढाउन अहिलेसम्म देशले अनुभवी अर्थ सचिव पाउन सकेको छैन । जुन जोगी आएपनि कान चिरेको भनेझैं बर्षौदेखि देशको अर्थतन्त्र भताभुङ्ग , लथालिङ्गनै छ । नत नेताहरुमै दुरदृष्टि छ नत ईच्छाशक्तिनै । अब पनि देश ऋण , रेमिट्यान्स र अनुदानकै भरमा चल्ने हो भने हाम्रो जस्तो देशले कहिल्यै पनि कांँचुली फेर्दैन भन्ने कुरा निश्चित छ । त्यसैले नयाँयुग ,नयांँ राज्य व्यवस्थामा फड्केको देशलाई अबका अर्थ मन्त्री र नयाँ अर्थ सचिव हरुले अबको अर्थ व्यवस्थापनलाई यसरी लैजान जरुरी छ।
सही अर्थ नीति विश्लेषण गर्न नजान्ने अर्थ मन्त्री, अर्थ सीिव र उनीरुलाइ सही सल्लाह र सुझाव नदिने व्यत्ति विशेषले गर्दा पनि प्रत्येक नेपालीहरुको टाउकोले ४२,३००÷ ( बयालिस हजार, तीन सय रुपैया ) ऋणको भार खेप्दै आउनुपरेको छ ।
हामीले विदेशी ऋण लिंँदा भोलीका दिनमा विकाराल रुप लिन सक्छ, ऋण तिर्न सकिएन भने ऋण दिने बैंकहरुलाई नै देश जिम्मेवारी लगाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न !
त्यसैले सबैभन्दा पहिला आफ्नै देशमा भएका आन्तरिक स्रोतहरुलाइ परिचालन गर्नुपर्दछ, जस्तैः आफ्नो देशमा के के संभावनका क्षेत्रहरु छन् त्यसलाई सुक्ष्म रुपमा पहिल्याउने , पहिचान गर्ने त्यसको प्रर्वद्धन गर्नसक्नुपर्दछ । हाम्रो देश संभावना नै संभावनको देश हो , यो एउटा भर्जिनल्याण्ड पनि हो ।
यहाँका पर्यटन क्षेत्र,उद्योग कलकारखाना क्षेत्र, उत्पादन क्षेत्र, ग्रार्मेन्ट क्षेत्र,जडीबुटी क्षेत्र,हाइड्रो, खानीक्षेत्र लाई पहिचान गर्ने अनि सुधार गर्दै गुणस्तर उत्पादन गरी अन्तर्राष्ट्रिय बजार पुर्याएर प्रशस्त आम्दानी गर्न सकिन्छ । यसैगरी पर्यटन क्षेत्रमा आकर्षक प्याकेज , प्रडक्ट बनाएर प्रशस्त सेवा,सुविधा दिई विदेशी पाहुनालाई देशमा भित्र्याएर डलर आम्दानी गर्न सकिन्छ । यस्तै नेपालमा खेर गईरहेको पानीलाई सदुपयोग गरी नेपाल भएको थप ८४ हजार मेघावाट बिजुली उत्पादन गर्न सकिन्छ । नेपालमा जलविद्युत लगानी गर्न प्रशस्त लगानी कर्ताहरु ईच्छुक छन । उनीहरुलाई लगानी मैत्री वातावरण बनाएर लगानी आव्हान गरि विश्व बजारमा बिद्युत बिक्री गर्न सकिन्छ। त्यसैले सरकारले जलविद्युत सम्बन्धी राम्रो नीति ल्याएमा देशको अर्थतन्त्र पक्कै अगाडि बढ्नेछ।
अन्य आयस्रोतमा नेपालमा भएका खानीहरु युरेनियम, सुनखानी,तामाखानी, फलाम खानी र पेट्रोल खानीलाई प्रशोधन गरि वर्गीकरण बनाएर सुचिकृत गरी ब्रान्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिन्छ , जसले गर्दा प्रशस्त मात्रमा डलर भित्रिने निश्चित छ । जसले देशको अर्थ व्यवस्थालाई उकास्न र नेपाली जनताको प्रतिव्यक्ति आम्दानीलाई कायापलट गर्न सक्छ। यसमा चाहिने अनुभवी तथा दक्ष ब्यक्तित्वहरु जस्तैः भुगर्भविद, इञ्जिनियर, र्आिर्कटेक्चरहरुलाई विदेशबाट झिकाएर काम दिन सकिन्छ ।
नेपाली इञ्जिनियर ,भुगर्भविद र नेपाली युवालाई पनि अवसरका साथै राम्रो तलब सेवा सुविधा दिएर दक्ष युवा जगत नेपालमै काम दिन सक्यौं भने नेपाल युवा शक्ति विदेश पलायन हुनबाट स्वतः रोकिनेछन । उनीहरु पनि खुशी भएर काम गर्ने छ्न भने देशले पनि विकासमा फड्को मार्न समय लाग्ने छैैन । नेपाल र नेपालीको अन्तर्राष्ट्रिय स्तरमा मुल्यांकन बढ्ने गै हाम्रो पासपोर्टको पनि इज्जत बढ्ने छ । हामीलाई पनि अन्तर्राष्ट्रिय रूपमा सबैले सम्मान गर्न थाल्ने छ्न। त्यसैले नयाँ अर्थ मन्त्री र नयाँ अर्थ सचिव ज्युलाई यो बाटोमा जान विशेष आह्वान गर्दछु ।
अर्को महत्त्वपूर्ण आयस्रोतको रूपमा बिश्वका ठुला बहुराष्ट्रिय कम्पनीहरु, उद्योगहरु,ब्रान्डहरुलाई नेपालमा भित्राउने र विभिन्न परियोजनाका लागि लगानीलाई स्वागत गर्न सकिन्छ। उनीहरुका विभिन्न सवारी साधनका उत्पादनहरु जस्तैः टोयाटा, ह्ुयन्डाई , मर्सिडिज वेञ्ज र अन्य गाडीहरुको एसेम्बल नेपाल मै खोलेर काम गर्न सकिन्छ,जसले गर्दा रोजगार बढ्न जानेछ भने राजस्वमा वृद्धि भई अर्थतन्त्रमा राम्रो टेवा पुग्नेछ । यसका लागि केवल उर्जाशिल ब्यक्तिहरुमा इच्छाशक्ति भए पुग्छ ।यो महत्वपूर्ण काम हो, यसमा अर्थ मन्त्रीज्यु र अर्थ सचीव ज्यु को विशेष ध्यानाकर्षण होस भन्न चाह्न्छु ।
नेपालमा भएका घरमा बनाईने मदिरा र गाँजालाई पनि सरकारले आफै पनि अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड बनाउने र नेपाली जनतालाई पनि यसतर्फ अग्रसर बनाई हौसला दिएर नेपालकै ब्रान्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा बेच्न मिल्ने ब्रान्डको बनाउ भनेर एक किसिमको मापदण्ड बनाउनु पर्दछ । जसले गर्दा लाखौं युवाहरु विदेश पलायन हुन बाट रोकिने छन भने यसबाट पनि देशले नसोचेको आम्दानी गर्न सक्छ ।
अब हामीले हाइड्रो देखि साना क्षेत्रमा देशलाई छिट्टै आम्दानी हुने क्षेत्रमा लगानी गरी युवा जगतलाई आफ्नै देशमा काम दिन जरुरी छ । कतिपय युवाहरुको विदेश जाने उद्धेश्य बोइङ चढ्नु पनि हो, जीवनमा एकपटक बोइङ चढ्नु पर्छ भन्ने सबै नेपालीहरुको चाहना हुनु नौलो बिषय पनि होइन । ! उनीहरुलाई विभिन्न रक्सी ब्रान्ड,नेपाली गांँजाको ब्रान्डको उद्योग धन्दा खोल्न र आफ्नो बजारलाई बिश्व बजारमा बिक्री गर्नका लागि लाइसेन्स दिने ब्यबस्था सरकारले गरिदिने हो भने उनीहरुको बोइङ चढ्ने इच्छा पनि पूरा हुने र देशले पनि डलर भित्र्याउने कुरामा दुईमत छैन ।