चितवन । चितवनमा एलपी ग्यांँस ट्यांकर पल्टिंँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन । मृतकको हालसम्म परिचय खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजे ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४ स्थित लेवाटारमा मुग्लिनबाट काठमाडौंतर्फ गईरहेको ग्एठण्म्त्टण्छछ नम्बरको इन्डियन गाडी आफैं अनियन्त्रित हुंँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो । घाईते भारत बरौजी बस्ने अन्दाजी बर्ष २९ को राम बतन तातीको दाहिने हात र अनुहारमा चोट लागेको छ । उनको ट्रमा सेन्टर , कुरिनटारमा उपचार भईरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु