चितवन । चितवनमा मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोलाङ्ग गाउंँपालिका वडा नम्बर ३ , धादिङ्गका अञ्जन सिलवाल रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ईच्छाकामना गाउंंँपालिका चुम्लिङ्गटार बाट धादिङ्ग हुग्दी खोला तर्फ जांँदै गरेको बा ५६ प २९८३ को उनी सवार मोटरसाइकल सोमबार राती पौने ९ बजे दुर्घटना भएको हो ।
दुर्घटनाबाट गम्भिर घाईते सिलवालको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राती १० बजेर २५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु