गैँडाकोट ।पोखरा विश्वविद्यालयले लिएको सिभिलइन्जििनियरिङ्ग तर्फको अन्तिम परिक्षाको (आठौ सेमेस्टर)नतिजामा अक्सफोर्ड कलेज अफ इन्जििनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) ले नयाँ रेर्कड कायम गरेको छ । सोमबार प्रकाशित भएको सिभिल इन्जििनियरिङ्ग तर्फको नतिजामा अक्सफोर्ड कलेजका १० जनाविद्यार्थीहरुले ४ एसजीपीए ल्याउन सफल भएका छन् ।
सिभिल इञ्जिनियरिङ्ग तर्फ देशभरका विभिन्न कलेजका २४ जना विद्यार्थीहरुले ४ एसजीपीए ल्याएकोमाअक्सफोर्ड कलेजका मात्रै १० जना विद्यार्थीहरुले ४ एसजीपीए हाँसिल गरेका हुन् ।
एउटै कलेजका १० जना विद्यार्थीहरुले ४ एससीजीपीए ल्याउनु विश्वविद्यालयकै ईतिहासमा नयाँ रेकर्ड भएको अक्सफोर्ड कलेजले जनाएको छ । कलेजका प्राचार्य प्रोफेसर इ. हरि भण्डारीका अनुसार अक्सफोर्ड कलेजका ८ जना छात्रा र २ छात्र गरी १० जना विद्यार्थीहरुले ४ एससीजीपीए ल्याएका छन्।
विद्यार्थीहरु एलिसाकुमारी शाह, हिमापुन मगर, रोशनी श्रेष्ठ, समीक्षा भट्टराई, सरिना श्रेष्ठ, सोनिया सापकोटा, बिलिया शर्मा, सुस्मिता बास्तोला, अमितकुमार यादव र पारस पण्डितले ४ एसीजीपीए प्राप्त गर्न सफल भएका हुन् ।
विश्वविद्यालयमै २४ जना विद्यार्थीहरुले ४ ४ एसीजीपीए ल्याएकोमा अक्सफोर्डका मात्रै १० विद्यार्थीहरु पर्न सफल भएका छन् । गत असार अन्तिम साता लिइएको सिभिल इञ्जिनियरिङ्ग तर्फ कुल८३ जना परिक्षार्थीले जाँच दिएकोमा ७० जना विद्यार्थीहरु उर्तिण भएका हुन् ।
त्यसैगरी इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्समा समेत अक्सफोर्ड कलेजले नयाँ रेकर्ड कायम गरेको छ ।
विश्वविद्यालयमै अक्सफोर्डका विद्यार्थीहरु स्वेता गुरुङ र सन्दिप श्रेष्ठले मात्र ४ एसजीपीए प्राप्त गरेका छन् । त्यसैगरी बिबिएमा १ जना विद्यार्थी (सुनिता थापा मगर)ले ४ एसजीपीए प्राप्त गरेका छन् ।
त्यसैगरी बिसीएमा १ जना विद्यार्थी ज्योती शर्माले ४ एसजीपीए ल्याएका छन् । पोखरा विश्वविद्यालय मा नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज सहित १५ वटा कलेजहरु आवद्ध रहेका छन् ।
अक्सफोर्ड कलेजका बिइ संयोजक भिम भण्डारीले शिक्षक, विद्यार्थी र अभिभावकहरुको सबैको समन्वयका कारण कलेजले राम्रो नतिजा प्राप्त गरेको बताउनु भयो ।
कलेजका विद्यार्थीहरुले प्राप्त गरेको नतिजाले आफुहरुलाई उत्साहित बनाएको भन्दै उहाँले शिक्षक, विद्यार्थी, कर्मचारी सबैलाइ धन्यवादको पात्र भएको उल्लेख गर्नुभयो ।