चितवन । नेपाली कांँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांँग्रेसको १४ औं महाधिवेशनमा ढिलाई हुंँदा पार्टीको वैधानिकतामाथि चिन्ता भएको बताउनु भएको छ । आज भरतपुर विमानस्थलमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीको मान्यता स्थापित गर्दै बैधानिकता बचाएर महाधिवेशन गर्नुुपर्ने बताउनु भएको हो ।‘वैधानिकतालाई थाती राखेर कुन बाटोबाट उपयुक्त हुन्छ महाधिवशेन गर्नुपर्छ , उहांँले भन्नुभयो,
अधिवेशन सर्ने नसर्ने भन्ने बिषय भन्दा पनि नेपालको संविधानले दिएको विशेष अवस्था प्रयोग गरेर गर्दा राम्रो हुन्छ भन्ने मेरो धारणा हो ।’ वैधानिकता बचाउन पार्टीमा छलफल गरेर पार्टीको अस्तित्व बचाउनुपर्ने उहांँको भनाई थियो ।
पार्टीको स्थापित मान्यतालाई कायम राखी अदालतमा नजिर बन्ने अवस्था आउन दिनुनहुने केसीको तर्क छ । ‘बिशेष अधिवेशन गर्दा क्रियाशील सदस्यता ६,८ महिनामा सल्ट्याउन सक्छौं, उहांँले भन्नुभयो, विवाद कायम हुंँदा नै अधिवेशन गर्न हतार गरियो भनेपनि वडास्तरबाटनै तित्तता हुन्छ । मेरो एउटैमात्र चिन्ता वैधानिकता माथि हो ।’
एमसीसी( मिलेनियम च्यालेन्ज कर्पोरसन) को बिषयमा बोल्दै नेता केसीले राष्ट्रहितलाई सम्बोधन गर्नेगरी एमसीसी पारित गर्नुपर्ने बताउनुभयो । ‘यो हाम्रै पालामा सम्झौता भएको हो । यसमा संशोधन र जनतालाई सम्बोधन हुने गरी पारित गनुपर्छ ।’ केसीले भन्नुभयो ।
एमसीसी बारेमा जनतामा व्यापक अविश्वास र प्रश्नहरु उब्जिएको भन्दै उनले नेपालको सार्वभौमिकता र स्वायत्तता लाई असर नपर्ने गरी पारित गर्नुपर्ने उहांँले बताउनुभयो । ‘राष्ट्रको हित, सार्वभौमसक्ताका बिषयमा के के छन छानविन गरेर मात्र पारित गर्नुपर्छ ।’ उहांँले भन्नुभयो ।
‘