काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ९१ लाख ९६ हजार रुपैयाँसहित चारजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३, ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाललगायत चारजनालाई हिजो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–२२, गडवहालस्थित तरुणको तनुज इन्टरनेसनल प्रालिमा अवैध रकम संकलन गरिराखेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उक्त स्रोत नखुलेको रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु