चितवन । चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा गोपाल भट्टाराई सर्वसम्मत चयन भएका छन । आज भरतपुरमा सम्पन्न चेम्बरको दोश्रो अधिबेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्य कार्यसमिति चयन गरिएको हो ।
अध्यक्ष दीर्घ मान श्रेष्ठको अध्यक्षता सम्पन्न अधिबेशनले उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिबमा महेश तिवारी, सचिबमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सह– कोषाध्यक्षमा – प्रकाश श्रेष्ठ चयन भएका छन । यस्तै सदस्यमा गगन लामा, शुकरानी लामा, शोभा गौतम, नबिन रिजाल , बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेन मान शाक्य, राम प्रसाद सुबेदी, प्रमिल न्यौपाने, बिशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी र पुरुषोत्तम कंंडेल रहेका छन ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन भाबी कार्ययोजना र आर्थिक प्रतिबेदन अनुमोदन गरिएको छ । साथै देशको बर्तमान आर्थिक अवस्था, ब्यबसायीहरुले भोग्नु परेको समस्याका संदर्भमा ब्यबसायीहरुले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
सो अवसरमा बोल्दै संस्थापक अध्यक्ष समेत रहनु भएका अध्यक्ष दीर्घ मान श्रेष्ठले संस्था स्थापनाकाल देखि हाल सम्म नेपालमा चेम्बरले पुर्याएको योगदानको बारे चर्चा गर्दै र बर्तमान अवस्थामा ब्यबसायीलाइ धैर्यतापुर्बक आफ्नो ब्यबसायमा लाग्न अनुरोध गरे ।
नवनिर्वाचित अध्यक्ष भट्टाराईले समस्या न्यूनीकरण र गुनासोलाई सम्बन्धित सरोकारवाला निकाय संग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्दै बैदेशिक रोजगारीका लागि विदेश पलायन हुने युवाहरुलाई नेपालमै उधम तथा रोजगारीको बातावरण बनाउन विभिन्न कार्यक्रमहरु संचालन गरिने बताए ।
बुधबार नै नवनिर्वाचित अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको छ ।
२०७५ सालमा चितवनमा स्थापित संस्थाले व्यबसायिक हकहित, प्रवद्र्धन, व्यवसायिक दक्षता विकास सरोकार लगायत विभिन्न क्षेत्रहरुमा कार्य गर्दै आएको छ ।