चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ३ नारायणगढको लायन्सचोकमा एक वेवारिसे युवक कृत भेटिएका छन । लायन्सचोकस्थित शुभम पेट्रोल पम्प अगाडि चौतारामा एक युवकको शव फेला परेको हो ।
आज सोमाबर बिहान ११ बजे अन्दाजी २८ वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको हालसम्मपनि पहिचान खुल्न सकेको छैन । मृतक वेवारिसे सडक मानव हुन सक्ने प्रहरीको अनुमान छ ।
शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु