चितवन । चितवनमा कारले ठक्कर दिंँदा पैदल यात्री गम्भिर घाईते भएका छ । भरतपुर महानगरपालिका वडा नम्बर ८ पांँडे घुम्तीमा बस्ने बर्ष ३८ को अभिष्ेक पोखरेललाई ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार राती १० बजेर ३५ मिनेटमा भरतपुर म.न.पा.९ शरदपुर स्थित भित्री सडक खण्डमा ना२ च २६६५ नम्बरको प्राइभेट कारले पोखरेललाई ठक्कर दिएको हो । ठक्कर दिदा घाईते भएका उनका चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहको प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा चोट भएकोेले अवस्था गम्भिर छ ।
कार चालक भरतपुर म.न.पा.६ देवनगर बस्ने बर्ष २८ को सुवास वि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु