चितवन । सेती दोभानमा आज बेलुका ठूलो पहिरो गएको छ । पहिरो जांँदा नारायणगढ–मुग्लिनसडक खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको छ भने दुबैतर्फका सयौं गाडी सडकमै रोकिएका छन ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सेती दोभान आज बेलुका ८बजेर २० मिनेटमा पहिरो गएको हो । अविरल बर्षाका कारण पहिरो ठूलो खसेकोले र हाल पनि पानी परिरहेकोले रातको समयमा पहिरो पन्छाउन नसकिने जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो । उहांँका अनुसार शुक्रबार बिहान देखि पहिरो पन्छाइनेछ । पहिरो गएपछि नारायणगढ तर्फ गन्तव्य हिंडेका सवारी साधनलाई मुग्लिन बजार र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनलाई रामनगरमा रोकिएको उहांँले बताउनु भयो । यसअघि पनि यो ठाउंँमा पटक पटक पहिरो गई सडक अवरुद्ध हुंँदै आएको थियो ।सेती दोभान नारायणगढबाट मुग्लिनतर्फ १५ किलोमिटर दुरीमा पर्दछ ।
आज बेलुका सेती दोभानमा ठूलो पहिरो गयो , सयौं गाडी सडकमै रोकिए, भोली बिहानमात्र पहिरो पन्छाइने
आज बेलुका सेती दोभानमा ठूलो पहिरो गयो , सयौं गाडी सडकमै रोकिए, भोली बिहानमात्र पहिरो पन्छाइने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु