चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित गैरीटोलमा रहेको सुकुम्बासी बस्तीको मृतकका एक परिवारलाई अध्यक्ष लेखराज पन्त हरिले दाउरा सहयोग गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएको भन्दै मृतक फुलसानी तामाङ्गका श्रीमान आशबहादुर तामाङ्गलाई नगद पांँच हजार रुपैंया सहयोग गर्नुभएको हो ।
अध्यक्ष पन्तले हातमुख जोर्न धौधौ पर्ने उक्त परिवारलाई मृत्यु संस्कारको लागि केही मदत पुगोस भन्ने हेतुले राहतस्वरुप नगद सहयोग गरिएको बताउनु भयो । ‘मृत्यु भएको खबरसंँगै अन्त्येष्टीको लागि समेत पैसा नभएको टोलसुधार मार्फत खबर आयो, हामीले तत्काल राहत स्वरुप दाउराको लागि पांँचहजार रकम दियौं ।’ अध्यक्ष पन्तले भन्नुभयो । वहांँले वडाले व्यवस्थापन गरेको दानबाकसमा संकलन भएको रकमबाट उक्त सहयोग गरिएको जानकारी दिनुभयो । उक्त बाकसमा हालसम्म सांँढे ४ लाख रुपैंया जम्मा भएको छ ।
वडामा विपद र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई लक्षित गर्दै उक्त रकम सहयोग गरिंँदै आएको छ । उहांँले यस्ता कमजोर समुदायका परिवारको भवितव्य घटनाको लागि वडाले सहयोग गर्दै आएको जानकारी दिनुभयो । मृतक परिवारलाई काजक्रियाको लागि पनि थप अन्य सहयोग गर्ने पन्तले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहयोग प्राप्त गर्दै मृतकका श्रीमान आश बहादुर तामाङ्गले चहराईरहेको घाउमा यो सहयोगले मलम पट्टीको काम भएको बताउनु भयो । ‘हामी जस्तो गरीब दुखीलाई यो रकमले ठूलो राहत मिलेको छ,
आगामी दिनमा पनि हामी जस्तालाई वडाको यस्तै सहयोग मिलोस भन्न चाहना छ ।’ तामाङ्गले भन्नुभयो । कमजोर आर्थिक अवस्थाका कारण तामाङ्ग परिवारले दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएको छ । मृतक फुलीमाया लामोसमयदेखि दमको विमारीबाट प्रताडित हुनुहुन्थ्यो ।