चितवन । चितवनमा गैरकानुनी रुपमा चन्दा स्वरुप रकम उठाउने दुईजना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका . वडा नम्बर ३ घर भई चितवन बस्ने बर्ष ५१ को सकुचन लामा र मकवानपुर जिल्ला मनहरी गाउंँपालिका बडा नम्बर ३ बिजौला बस्ने बर्ष २४ को पासाङ नोर्बु लामा रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुले विभिन्न ब्यक्तिहरुलाई सहयोग गर्ने बहानामा कार्यालय सञ्चालन गरी कार्यालयमा कर्मचारी समेत राखी मासिक उठाउनु पर्ने रकम समेत तोकी अबैध तवरले गैर कानुनी रुपमा चन्दा स्वरुप रकम उठाउंँदै आएका थिए । प्रहरीले उनीहरुलाई आइतबार गैरकानुनी रुपमा चन्दा संकलन गरेको कसुरमा पक्राउ गरेको हो । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु