क्यानडा । ब्राह्म्टन शहर निवासी मृदुभाषी सागर गुरुङले गैरआवासीय नेपाली संघ ९एनआरएनए० क्यानाडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि सदस्य पदमा उम्मेदवारी दिएका छन । लामो समयदेखि नेपाली समुदायको सेवा र सशक्तिकरणमा क्रियाशील गुरुङले “एकतावद्ध नेपाली, सशक्त प्रवासी” भन्ने नाराका साथ आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
गुरुङले एनआरएनए क्यानाडाको दृष्टिकोण, मिसन र उद्देश्यप्रति आफू पूर्ण प्रतिबद्ध रहेको जनाउँदै, क्यानडामा रहेका नेपालीहरूको हक, हित र पहिचानलाई अझ सुदृढ बनाउने अठोट व्यक्त गरे ।
नेप्लीज कम्युनिटी नेटवर्क अफ क्यानडा ९एनसीसी० मा सक्रिय सदस्यका रूपमा कार्यरत गुरुङले नेपाली भाषा, संस्कृति र सामाजिक एकता प्रवद्र्धनमा उल्लेखनीय योगदान दिँदै आएका छन्। विशेषगरी ब्राह्म्टनमा स्थापना गरिएको सगरमाथा पार्क निर्माणमा उनको भूमिका उल्लेखनीय रहेको छ, जुन अहिले सम्पूर्ण क्यानडावासी नेपालीहरूको साझा गर्वको विषय हो ।
सामाजिक संघसंस्था र सरकारी निकायहरूसँग सहकार्य गर्दै नेपाली समुदायको हक र पहुँच अभिवृद्धिमा क्रियाशील गुरुङले एनआरएनए क्यानाडाको माध्यमबाट सामाजिक, सांस्कृतिक र आर्थिक उन्नयनमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
उनको सकारात्मक सोच, दूरदृष्टि र सेवाभावप्रति व्राम्टन शहरका नेपाली समुदायले उत्साहजनक समर्थन जनाएका छन्। उम्मेदवारी घोषणासँगै नेपाली डायस्पोरामा सहभागिता र अग्रसरताको नयाँ आशा पलाएको देखिएको छ।
एनआरएनए क्यानाडा निर्वाचन २०२५–२०२७ नजिकिँदै गर्दा सागर गुरुङको उम्मेदवारीले नेपाली समुदायभित्र नयाँ उर्जा र जागरण ल्याएको छ । आफूलाई भोट पाएर जितेमा समग्र नेपालीबासीको हित र सेवाको लागि सधै क्रियाशील रहने उनको अठोट छ । आफ्नो अमुल्य मत दिएर जिताउन उनले आग्रह गरेका छन ।